Saturday, May 8, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारराष्ट्रियसभाको गरिमा गिराउने काम गर्दिनँ : बामदेव गौतम

राष्ट्रियसभाको गरिमा गिराउने काम गर्दिनँ : बामदेव गौतम

राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

लगत्तै उनले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रपित आभार व्यक्त गरे ।

राष्ट्रियसभाको गरिमा बढाउन संविधान र नियमावली बमोजिम काम गर्ने भन्दै उनले भनेका छन्, ‘यो सभाको सदस्य रहँदासम्म राष्ट्रियसभाको गरिमा र प्रतिष्ठालाई गिराउने गरी कुनै क्रियाकलाप गर्ने छैन ।’

समाजवादमा जाने संकल्प पुरा भूमिका निर्वाह गर्ने बाहेक अर्को स्वार्थ नभएको समेत उनले बताए ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु