कोभ्याक्स सुविधा मार्फत् पहिलो खेपको कोरोना खोप आइपुग्यो नेपाल

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं : कोभ्याक्स सुविधा मार्फत् नेपाललाई कोरोनाविरुद्धको खोप प्राप्त भएको छ । आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको हो ।

कोभ्याक्सले दिने १ करोड ३० लाख डोज खोपमध्ये ३ लाख ४८ हजार डोज आज आइपुगेको हो । बाँकी खोप विभिन्न चरणमा कोभ्याक्सले उपलब्ध गराउनेछ ।

कोभ्याक्सले अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप उपलब्ध गराएको हो ।

हाल सोही खोप नेपालमा प्रयोग भइरहेको छ ।

आजैबाट खोपको दोस्रो चरणको अभियान सुरु भएको छ । आजबाट १० दिनसम्म पहिलो प्राथमिकतामा परेका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ ।

दोस्रो चरणको ११औं दिनदेखि ५५ वर्षभन्दा माथिकालाई खोप दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.