एक दिवसीय क्रिकेट :नेपालले क्यानडालाई ४ विकेटले हरायो

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । नेपाली क्रिकेट टोलीले क्यानडा विरुद्द्को दोस्रो खेल ४ विकेटले जितेको छ।

दोस्रो खेलमा पनि  कप्तान रोहित पौडेल क्यानडाविरुद्ध लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । क्यानडालाई दोस्रो ओडीआई खेलमा ४ विकेटले हराउन रोहितले अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् ।

रोहितले शनिबारको खेलमा दुई विकेट लिनुको साथै ब्याटिङमा १०१ बलमा ८ चौका र ४ छक्कासहित ८७ रनको योगदान दिएका थिए । पहिलो खेलमा क्यानडालाई ७ रनले हराउन रोहित पौडेलले ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।
दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडालाई रोहितले मध्यक्रमका दुई प्रमुख ब्याटर परगत सिंह ३८ र निकोलस किर्तोनको २० रनमा विकेट लिँदै २८५ रनमा रोक्न सफल भएका थिए । एक समय ३ सय रन सजिलै कटाउने देखिएपनि रोहितले नेपाललाई खेलमा फर्काएका थिए ।

जितको लागि २८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४१.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा रोहितपछि अनिलकुमार साहले २० बलमा ७ चौका र ३ छक्कासहित ५० तथा देव खनालले ८१ बलमा ७ चौका र २ छक्कासहित ७६ रनको योगदान दिएका थिए । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.