शेखर गोल्छा पक्राउ : धितोपत्र चलखेल प्रकरणमा अनुसन्धान तीव्र

A notice in Nepali from Mechinagar Ward No. 10

१० वैशाख, काठमाडौं : शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छालाई धितोपत्र सम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी डा. मनोज केसीका अनुसार नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो।

सीआईबीका अनुसार धितोपत्रसम्बन्धी ऐन २०६३ अन्तर्गतका विभिन्न दफाहरू बमोजिम गोल्छासहितका व्यक्तिहरूले सेयर बजारमा मिलेमतो गरी चलखेल गरेको आशंकामा अनुसन्धान अघि बढाइएको छ।

धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनमा विभिन्न बीमा कम्पनीहरूको फन्ड प्रयोग गरेर सेयरको मूल्यमा कृत्रिम उतारचढाव गराइएको उल्लेख छ। अनुसन्धानअनुसार विवादित व्यवसायी दीपक भट्टले सस्तोमा सेयर खरिद गरी मूल्य बढाएर बीमा कम्पनीहरूलाई बिक्री गर्ने गरेको देखिएको छ।

उक्त प्रकरणमा भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप चाचानलाई पनि मुख्य भूमिकामा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। भट्टलाई यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरिसकेको छ भने चाचान हाल फरार रहेको जनाइएको छ।

त्यस्तै, अनुसन्धानमा हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन क्यापिटल लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड लगायतका संस्था तथा अन्य व्यक्तिहरूको संलग्नता देखिएको छ।

यसैगरी शुभी अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, ऋषिराज मोर र राजबहादुर शाहसमेत सेयर मूल्य कृत्रिम रूपमा बढाउने कार्यमा संलग्न रहेको प्रतिवेदनले देखाएको छ।

धितोपत्र बोर्डले उक्त प्रकरणमा संलग्न व्यक्ति तथा संस्थामाथि थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको थियो। अहिले उक्त प्रकरणमा अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.