लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

A notice in Nepali from Mechinagar Ward No. 10

१९ साउन, बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेश सभा सचिवालयमा ३४ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो। उनीहरूले अविश्वासको प्रस्ताव दर्ता गराउँदै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाका सांसदले संविधानको धारा १४४ को उपनियम (१) बमोजिम अविश्वास प्रस्ताव पेस गरेका हुन्। यसअघि विपक्षी गठबन्धनले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.