लण्डन । काठमाडौं आरुबारी घर भई १२ वर्षदेखि लण्डनको इष्टकोटमा बस्दै आएका अन्दाजी ४० वर्षीय विक्रम केसीको गत आइतबार राती हत्या भएको छ । उनी एक होटलमा सेफको काम गर्दै आएका थिए ।
कामबाट घर फर्किँदै गरेका केसीलाई स्थानीय इष्टकोट ट्रेन स्टेशन बाहिर एक २१ वर्षीय युवाले कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको नेप्लिज सेफ एशोसिएसन यूकेका संस्थापकसमेत रहेका एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले जानकारी दिए ।
तिमल्सेनाकाअनुसार मृतक केसी र मुस्लिम समुदायका ती युवाबीच सामान्य भनाभन हुने क्रममा कुटपिट भएको बुझिएपनि झगडाको यकिन कारण खुलिसकेको छैन ।
























