महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि

मेची महाकली यात्रा

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, २१ फागुन | देशमा भइरहेका महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि दुई झापाली कलाकारले विहीबारबाट मेची महाकाली साइकलयात्रमा शुरु गरेका छन् ।

‘बलात्कार मुक्त समाजको परिकल्पना शान्ति सुशासन र समृद्घ नेपाल हाम्रो चाहना’ भन्ने मुख्यः नारासहित झापा बाह्रदशी गाउँपालिका—५ का ३४ वर्षीय झापाली कान्छा अभिशेक धमला र बाह्रदशी गाउँपालिका—२ का २४ वर्षीय आकाश न्यौपानेले नेपाल भारत जोड्ने मेचीपुलबाट साइकल यात्रा शुरु गर्नुभएको हो ।

साइकलयात्रीद्वयलाई नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल, सशस्त्र प्रहरी वल नेपाल वोडर आउट पोस्ट काँकरभिट्टाका विओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक जीवन मैनालीलगायत उच्च प्रहरी अधिकृत, प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेती, स्थानीय उद्योगी, व्यवसायी, सहकारीकर्मीहरुले खादा पहिर्याएर विदाई गर्नुभएको थियो ।

दैनिक ५० देखि ६० किलो मिटरका दरले साइकल चलाएर १८ दिनमा महाकाली पुगेर यात्रा समापन गर्ने साइकल यात्री झापाली कान्छा अभिशेक धमलाले जानकारी दिनुभयो ।

धमला झापाको क्षितिज नाट्य समूहका नाटक लेखक, निर्देशक, कलाकार र सञ्चारकर्मीहुनुहुन्छ । न्यौपाने गायक तथा संगीतकार रहेको उहाँले बताउनुभयो । यात्रा अवधिभर करीव डेढलाख रुपैयाँ खर्च लाग्ने र सवै रकम विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गरेको बताईएको छ ।

अहिले आफ्नो अपराध मेट्नका लागि पीडितको अत्यन्तै क्रुर हत्या सम्म हुने गरेको र आफ्नो अपराध मेट्नका लागि पीडितको अत्यन्तै क्रुर हत्या गर्ने अपराधिको मानसिकता झन झन मौलाउदैं गएको यात्रीहरुको भनाई छ । यसको अन्त्य र यसमा संलग्नलाई तत्काल कारवाहीको माग गदैं र कडा भन्दा कडा कानुन बनाउनका लागि पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु यात्राको लक्ष्य रहेको छ । धमलाले जानकारी दिनुभयो ।

 

विदाई कार्यक्रममा बोल्दैं प्रज्ञा सदस्य भट्टराईले झण्डै अढाई वर्ष अघि कञ्चनपुर भिमदत्त नगरपालिकामा भएको १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र क्रुर हत्यालाई स्मरण गदैं यसमा संलग्न अपराधिको अहिलेसम्म पहिचान हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले यस्ता घटनामा संलग्न जो कोहिलाई पनि कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय हाम्रो देशमा भइरहेका महिला हिसाँ त्यसमा पनि बलात्कार र हत्यालाई हेर्दा हाम्रा छोरीहरु निक्कै असुरक्षित भएको उहाँको भनाई छ । निर्मला पन्त भागरथी भट्ट प्रकरण त सतहमा देखिने गरी भएको बलात्कार क्रुर हत्याको एउटा उदाहरण मात्र हो । हाम्रो देशमा भएको बलात्कारको तथ्याङ्क हेर्ने हो भने अत्यन्तै डर लाग्दो रहेको उहाँको भनाई छ । हाम्रो देशमा ६ महिनाको शिशुदेखि ७५ वर्षकी बृद्धआमा समेत बलात्कार भएको नमिठो घटना भएको भन्दैं उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.