जनकपुर, १२ माघ/ “घुमाै पुर्व प्रदेश नम्वर १” भन्ने मुख्य: नारासहित अान्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन अभियान अन्तर्गत १ नम्वर प्रदेशका पर्यटन व्यवसायी, सरकारी अधिकारी र सञ्चारकर्मीसहितकाे १३ सदस्यीय टाेली अाईतवार साँझ वागमती प्रदेशकाे पर्यटकिय स्थल साैराह पुगेकाे छ ।
नेपाल पर्यटन वाेड प्रवद्धक तथा नेपाल एशाेसिएसन टुर एण्ड ट्राभल एजेण्टस् नाटा १ नम्वर प्रदेश तथा हानकाे संयाेजकत्वमा विटुविका लागि टाेलीले जनकपुर, चितवन,पाेखरा, लुम्बिनी र पाल्पाका पर्यटन व्यवसायीहरूबीच छलफल गर्ने छ ।

यसैक्रममा १ नम्वर प्रदेशकाे टाेलीले २ नम्वर प्रदेशका पर्यटन हाेटल व्यवसायीबीच अन्तरक्रिया गरेकाे छ । जनकपुरस्थित हाेटल वेलकममा अायाेजित कार्यक्रममा अान्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन अभियानका संयाेजक भविशकुमार श्रेष्ठले १ नम्वर प्रदेश धार्मिक एवम् विभिन्न दृष्टिकोणले अनेक सम्भावना बाेकेकाे प्रदेश भएकाले पर्यटकहरूका लागि विभिन्न धार्मिक एवम् पर्यटकिय स्थल रहेकाे जानकारी गराउनुभयाे ।
उहाँले अहिले काेभिड १९ का कारण सवैभन्दाबढी नाेक्शान हाेटल र पर्यटनक्षेत्रले व्याेहाेर्नु परेकाले अब सवै प्रदेशका पर्यटन र हाेटल व्यवसायीहरू पर्यटन र हाेटललाई पुरानै लयमा फर्काउन लाग्नुपर्ने बताउनुभयाे ।

नाटा प्रदेश नम्वर १ का अध्यक्ष उदयकुमार श्रेष्ठले अभियानका बारेमा प्रकाश पार्दै अब पर्यटन व्यवसायीहरूले बाह्य भन्दा पनि अान्तरिक पर्यटनलाई अाकर्षण गर्ने खालका गतिविधि गर्न सुझाव दिनुभयाे ।
कार्यक्रममा जनकपुरमा हाेटल व्यवसायी विजय झुनझुनवालाले प्रचार प्रसारका कारण अहिले जनकपुरका पर्यटनक्षेत्र खस्किएकाे बताउनुभयाे । उहाँले अहिले मुलुक लाेकतन्त्रमा प्रवेश गरे पनि पर्यटन व्यवसायीहरूले यसकाे अनुभुत गर्न नपाएकाे गुनासाे गर्नुभयाे । अब सरकारकाे प्रतिनिधिकारूपमा अान्तरिक पर्यटन पुनरूत्थान एवम् प्रद्वर्धन अभियान गठन गरी संयाेजक ताेकेका कारण उहाँहरू अघि बढेर हाेटल पर्यटन व्यवसायीका समास्या सम्वन्धित पक्षसँग पुर्याईदिन अाग्रह गर्नुभयाे । अभियानका २ नम्वर प्रदेशका संयाेजक मनिष झाले अहिले जनकपुर उपमहानगरपालिकाले स्थानीय स्तरमा पर्यटकियक्षेत्रकाे प्रचार प्रसारमा नजुटेकाे भन्दै टिप्पणी गर्नुभयाे । पर्यटन व्यवसायी स्वयम यसक्षेत्रमा सक्रिय बन्नुपर्ने उहाँकाे जाेड थियाे । कार्यक्रममा अभियानका १ नम्वर सहसंयाेजक वासुदेव बराल, विराटनगरका हाेटल व्यवसायी राजन श्रेष्ठ, नाटाका महासचिव नविन खरेल, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, नेपाल पर्यटन बाेडका अधिकृत प्रेमप्रसाद भट्टराई ,नाटाका प्रदेश सदस्य ज्ञानमणि नेपाल, ईटहरीका हाेटल व्यवसायी जीवन पराजुली,धरानका व्यवसायी गाेपालप्रसाद अाचार्य जनकपुरका व्यवसायीहरू सुदर्शनलाल कर्ण, विष्णु शाह,नसिर अहमद,मनिषरमण शाह, अमित कुमार शाह, जनकपुर उपमहानगरपालिका वडानम्वर ७ का वडाध्यक्ष जानकीराम शाह,साटाे नेपालका अध्यक्ष विरेन्द्र शाहलगायतले दुवै प्रदेशका हाेटल र पर्यटन व्यवसायीहरू मिलेर अघि बढ्नुपर्ने बताए ।
























