बैतडीमा जिप दुर्घटना‚ बझाङका एकै गाउँका ६ जनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

२९ चैत्र, धनगढी  : बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा मंगलबार राति ११ बजेतिर जिप दुर्घटना भएको छ । दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझ गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बाँझ गाउँका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । मंगलबार राति ११ बजेतिर भएको उक्त दुर्घटनामा परी मृत्यु हनेहरू सबै एकै गाउँका रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेमबहादुर शाहीले बताए । डीएसपी शाहीका अनुसार मृतकहरू भारतको पिथौरागढबाट मजदुरी गरी विसु पर्व मनाउन घर फर्किंदै थिए ।

खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बैतडीको झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको भण्डारी ट्रावल्सको जीप दुर्घटना भएको हो । उक्त जिप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।

जिपमा यात्रारत अन्य ५ जना सकुसल रहेका छन् । उनीहरूले जिप सडकबाट खस्ने क्रममा हामफालेका थिए । चालक अर्जुन बोहरा सम्पर्कविहीन छन् ।

इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.