दुर्घटनाको प्रमुख कारक बन्दै ‘लापसे’

A notice in Nepali from Mechinagar Ward No. 10

२५ असार, काठमाडौँ : कोशी प्रदेशमा लागूपदार्थ सेवन गरेर ट्रिपर वा अन्य सवारी साधन कुदाउँदा दुर्घटना बढेको बताइएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेशनाथ बाँस्तोलाले मादक पदार्थ सेवन जस्तै लागूपदार्थ सेवनले दुर्घटना बढाएको बताउनुभएको हो ।

आइतबार कोशी प्रदेशमा लागूपदार्थ तथा मादक पदार्थ सेवन चेकजाँच डे मनाउने क्रममा झापाको मेचीनगर नगरपालिकामा भएको कार्यक्रममा बोल्दै बाँस्तोलाले लागूपदार्थ सेवन गरेर उच्च गतिमा सवारी साधन कुदाउँदा दुर्घटना बढ्दै गएको र यसले धेरै मानवीय क्षति पुर्‍याएको जनाउनुभयो ।

प्रतिघण्टा १ सयको स्पिडमा सवारी कुदाएपछि दुर्घटना हुने नै भयो, कमसेकम ४० को स्पिडमा सवारी साधन कुदाउँदा दुर्घटनाको जोखिम कम हुन्छ, उहाँले भन्नुभयो । सरकारले बनाएको ट्राफिक नियम मेरा लागि हो र दुर्घटना न्यूनीकरणका लागि हो भनेर पालना गरे कहिल्यै दुर्घटना हुँदैन, उहाँको भनाइ थियो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय इटहरीका संयोजक एवम् ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी श्यामकुमार महतोले कोशी प्रदेशको १४ जिल्लाको २० ठाउँमा आइतबार एकै समयमा किटको माध्यमबाट ५१ जना सवारी चालकको लागु पदार्थ सेवन चेकजाँच गर्दा १८ जनाले लागूपदार्थ सेवन गरेको पाइएको बताउनुभयो ।

लागु पदार्थ र मादक पदार्थ सेवन गरेर सवारी साधन कुदाउनु नै दुर्घटनाको प्रमुख कारक हो भनेर भन्न सक्ने अवस्था यसले पनि देखाउँछ, उहाँले भन्नुभयो । लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरूको किटको माध्यमाबाट चेकजाँच गर्न थालिएको जनाउँदै यो निरन्तर रहने पनि उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.