इटहरीमा मोटसाइकल आपसमा ठोकिए, ३ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी मोरङ बूढीगंगा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राईको मृत्यु भएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10

१२ कात्तिक, इटहरी : सुनसरीको इटाहरीमा ठूलो मोटरसाइकल दुर्घटना भएको छ। इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा परी मोरङ बूढीगंगा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राईको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.