इटहरीमा ट्रकको ठक्करबाट दुईको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

२१ असोज, इटहरी : इटहरीमा ट्रकको ठक्करबाट स्कुटर सवार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा इनरुवा २ घर भएका २५ वर्षिय शुसान्त भट्टराई र संघुवासभा घर भई इनरुवा अस्पतालमा ओजिटीमा कार्यरत विभिषण विक रहेका छन् ।

प्रहरीका अनुसार घटना राती ११ बजे पूर्व पश्चिम राजमार्गको इटहरी १७ लायन्स चोक खण्डमा भएको दुर्घटनामा स्कुटर चालक शुसान्त सहित सँगै सवार विभिषण विकको मृत्यु भएको हो । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार ना ६ ख ५६८१ नम्बरको ट्रकले इनरुवा तर्फ आउँदै गरेको को २० प ६७४७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेका गम्भिर अवस्थाका घाइतेलाई कोशी अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले सवारी अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । प्रहरीले ट्रक चालक वर्ष ३१ को अर्जुन गिरीलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.