जनार्दन शार्माको अर्थमन्त्रालयमा पुनरागमन हुने, आजै शपथको तयारी

A notice in Nepali from Mechinagar Ward No. 10

१५ साउन, काठमाडौँ : बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश गराएको अरोप लागेपछि अर्थमन्त्रीबाट राजीनामा दिए माओवादी जनार्दन शर्मा नै पुनः अर्थमन्त्री बन्ने भएका छन्। माओवादी केन्द्रले शर्मालाई नै पुनः अर्थमन्त्री बनाउन प्रधानमन्त्री सिफारिस गरेको छ।

माओवादी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेको बताइएको छ।

प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिने बताइएको छ।

बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थमन्त्रालयभित्र लिएर करका दरमा हेरफेर गरेको भन्दै विवादमा आएपछि उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.