१० असोज, काँकरभिट्टा : मेची भन्सार कार्यालय काँकरभिट्टाले हिजो एक सूचना प्रकाशित गरी भरतीय सवारीलाई सुविधा पास उपलब्ध गराउने जानकारी गराएपछि आज बिहानैबाट सुविधा लिएर नेपाल प्रेवश गर्ने सवारी साधनको घुइँचो लागेको छ ।
स्थानीय व्यापारी उद्योगीहरुको छाता संगठन मेची उद्योग वाणिज्य संघ र नेपाल एसोसिएसन फर टुर एण्ड ट्राभल एजेन्ट्स(नाटा) प्रदेश नंं. १ ले सुविधा खुलाउन पहल गरेको मेची उद्योग वाणिज्य संघका सदस्य दिपेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।



















