चौथो हिमालय सुन्तला पर्यटन महोत्सवको तयारी पुरा : महोत्सवको पश्चिम बंगाल राज्यको पर्यटन मन्त्रीले उद्घाटन गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

७, मंसिर, मेचीनगर : आगामी मङ्सिर २४, २५ र २६ गते पश्चिम बङ्गालको राजधानी कोलकातामा नेपाल, भारत, बङ्गलादेश र भूटानको सहभागिता रहने चौथो हिमालय सुन्तला पर्यटन महोत्सवको तयारी पुरा भएको छ । महोत्सवको पश्चिम बंगाल राज्यको पर्यटन मन्त्रीले उद्घाटन गर्ने तय भएको छ ।

मंगलबार झापाको काँकरभिट्टामा आयोजक एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमले पत्रकार सम्मेलन गरी तयारीका बारेमा जानकारी गराएको हो । ग्रमीण पर्यटन प्रवद्र्घन, अन्तरसीमा पर्यटन विकास, वन्यजन्तु संरक्षण र कृषि उतपादन तथा बजारीकरण गर्नु, भारतीय पर्यटकलाई नेपालमा निम्तो गर्नु, विभिन्न शक्तिपीठ, पर्यटकीय स्थलका बारेमा जानकारी गराउनु, नेपाली कला संस्कृति प्रस्तुत गरेर विदेशीलाई नेपालतर्फ आर्कषण गर्नु महोत्सवको मुख्य उद्घेश्य रहेको अतिथि एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमका महासचिव अर्जुनकुमार कार्कीले जानकारी दिनुभयो ।
पश्चिम बङ्गालको राजधानी कोलकाताको सल्टलेक सिटिसेन्टरमा हुने महोत्सवमा नेपालको विभिन्न ८ वटा स्टल रहने, ३० वटा जति विभिन्न प्रस्तुती रहने पत्राकर सम्मेलनमा वितरण प्रेस विज्ञप्तिमा उल्लेख छ । महोत्सवमा १ नम्बर प्रदेशबाट १ सय ८० जना सहभागी हुने र लुम्बिनी र बागमती प्रदेशबाट समेत गरी नेपालबाट २ सय २० जनाले सहभागीता जनाउने पत्रकार सम्मेलनमा बताईयो ।
महोत्सवमा १ नम्बर प्रदेशकोे ग्रामीण पर्यटन, यसक्षेत्रमा रहेका वन्यजन्तु संरक्षण, अन्तर सीमा पर्यटन विकास, नेपाली कला संस्कृति, ग्रामीण कृषि उत्पादन, नेपाली लोक भाका, सन्देशमुलक नाटक, लोकनृत्य, संगिनी, बालान, लगायतका प्रस्तुती रहने महासचिव कार्कीले जानकारी दिनुभयो ।

नेपाली स्टलमा नेपाली उत्पादन सुन्तला, एबोकाडो, किबि, अकबरे खुर्सानी, अल्लोको उतपादन, चुरा, पोते, आर्ट र पर्यटकीय स्थलहरुको नक्शा, होमस्टे, होटल ट्राभलका प्रचारात्मक पर्चा पम्प्लेट समेत राखिने वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ । हिमालय क्षेत्रका नेपाल, भारत र भूटानमा फल्ने सुन्तला ग्रामीण क्षेत्रमा उत्पादन हुने अग्र्यानिक जडिबुटी, फलफुल र हस्तकलाका सामग्रीको महोत्सवमा प्रचारप्रसार गरिदै आईएको उहाँको भनाई छ । कोरोना महामारीले विश्वव्यापी रुपमा पर्यटन व्यवसायलाई धराशायी बनाएको बेला आयोजना हुन लागेको यो सुन्तला महोत्सवले नेपाली पर्यटनलाई पुनःजागृत बनाउन वा पुरानै लयमा फर्काउन सक्ने, पर्यटनलाई प्रवद्र्धन गर्ने, होमस्टे र आन्तरिक पर्यटनको प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने विश्वास आयोजकको छ । कोलाकातास्थित नेपाली महावाणिज्य दूतावासले समेत शुरु देखि नै चासो देखाउदैँ आएको महासचिव कार्कीको भनाई छ ।

नेपाल, भारत, भुटान, बंगलादेश म्यानमारलगायतका मुलुकका वाणिज्यदुतलगायत महत्वपुर्ण व्यक्तिहरुको उपस्थिती रहने महोत्सवको न्यूनतम १० लाख पर्यटकले प्रत्यक्ष अवलोकन गर्ने बताइएको छ । नेपाल र भारतबीचका पत्रकारहरुमा विभिन्न विषयमा अन्तरक्रिया तथा मानव वेचविखन नियन्त्रणमा समेत छलफल हुने छ ।
नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाली पत्रकारले भारतीय पत्रकारहरुलाई नेपाल भ्रमणको निम्तो दिने, नेपालका पर्यटकीय, धार्मिक स्थललगायत अन्य विषयमा अवलोकन भ्रमणका बारेमा जानकारी गराईने छ । सन् २०१४ देखि महोत्सवको आयोजना गर्दै आएको छ । प्रत्येक दुई वर्षमा हुँदै आएको पूर्व निर्धारित सुन्तला महोत्सव विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० मा आयोजना हुन नसकेको आयोजकले जनाएको छ । यो पटक कोभिड १९ को संक्रमण दर कम हुदैं गएका कारण यो पटक महोत्सव आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.