पोखराको नीति तथा कार्यक्रम : पोख्रेली चामललाई ब्राण्डिङदेखि पर्यटन प्रवर्द्धन सम्म (पूर्णपाठ)

A notice in Nepali from Mechinagar Ward No. 10

८ असार, काठमाडौँ : पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। भौगोलिक हिसाबले मुलुककै ठूलो महानगरपालिका रहेको पोखराले नीति तथा कार्यक्रममा कृषि, पर्यटन र पूर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ।

‘कृषि उत्पादनमा वृद्धि : महानगरको समृद्धि’ भन्ने नारा नै दिएर पोखराले कृषि क्षेत्रलाई थप उत्पादनमा जोड्ने लक्ष्य लिएको छ। पाँच वर्ष भित्र कम्तिमा दुध, फलफूल, तरकारी, माछामासुको आयात प्रतिस्थापन गर्ने गरी योजना ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै कष्टम हायरिङ केन्द्र, चिस्यान केन्द्र, प्रशोधन केन्द्र तथा प्राङ्गारिक मल उत्पादन कारखानाको विकास र  व्यवस्थापनमा जोड दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। सिञ्चाई सुविधा नपुगेका ग्रामीण र पहाडी क्षेत्रमा प्रविधिमा आधारित लिफ्ट सिचाईँ प्रणाली प्रवर्धन गर्दै समथर भुभागमा रहेका सिचाई प्रणालीको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाउन जमीनको दिगो उपयोग गरिने पनि बताइएको छ।

नीति तथा कार्यक्रममा पोखरेली चामल जेठोबुढो धान लगायतका उत्पादनलाई ब्राण्डिङ गर्दै पोख्रेली ब्राण्ड स्थापना गर्ने र बजार प्रवर्धनमा विशेष योजना बनाएर लागू गरिने उल्लेख छ।

त्यस्तै शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनलाई पनि नीति तथा कार्यक्रममा विशेष प्राथमिकता दिइएको छ।

यस्तो छ नीति तथा कार्यक्रम  :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.