२० कार्तिक, झापा : माँ सरस्वती एजुकेशन फाउण्डेशनको आयोजनामा शनिबार बुद्धशान्ति वाड नं.-४ मङ्गलबारे बजार क्षेत्रमा “विद्यार्थीको सिकाइ गाउँघरमा कार्यक्रम अन्तरगत विभिन्न जनचेतनामूलक कार्यक्रमलाई” औपचारिक रूपमा माँ सरस्वती अंग्रेजी विद्यालय परिवारका विद्यार्थी नानीहरूले प्रस्तुत गरेका थिए।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा समाजसेवी एवं वडाध्यक्ष श्री शेरबहादुर राय, विशेष अतिथिको आतिथ्यता श्री भक्तबहादुर तामाङ्गले गर्नुभएको थियो।
आफ्नो समयको बाबजुद पनि कार्यक्रमको निम्तो स्वीकार्दै साना नानीहरुको प्रस्तुति हेर्न आतुर भई थुप्रै स्थानीय बुद्धिजीवी, समाजसेवी व्यक्तित्वहरूको जमघाट रहेको कार्यक्रममा राष्ट्रिय गान, सहिदहरुप्रति मौनधारण गरी विशेष अतिथिको शुभकामना मन्तव्य सहित प्रमुख अतिथिद्वारा गमलामा वृक्षारोपण र पानी हालि कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियोे। उक्त कार्यक्रममा नर्सरी कक्षाका साना नानीहरुले स्वागत नृत्यद्वारा कार्यक्रमलाई स्वागत गरेका थिए। त्यसरी सुरुभएको कार्यक्रममा नानीहरुले प्राथामिक शिक्षा, जातीय विभेद विरुद्ध चेतनामूलक अभिनय, वन बिनाशको प्रभाव,मोबाइलफोन दुरुपयोगको असर, नानीहरुलाई पाठशाला पठाएर मात्र अभिभावकको कर्तव्य पूरा हुँदैन सन्तानको चाहना र समस्या पनि मनन् गर्नुपर्छ।
मानव मूल्य शिक्षा सांस्कृतिक नृत्य, महिनावारी प्राकृतिक उपाहार शीर्षकमा कविता वाचन,महिला सशक्तिकरण शीर्षकमा वक्तित्व, बालअधिकार, बाबा म त स्कुल जाँदा खाजा घरकै लाने शीर्षकमा सन्देशमूलक विषय गीतहरु र हात धुने सहि तरिकाबारे चेतनामूलक नृत्य सहित विभिन्न समसामयिक, व्यवहारिक सन्देशमूलक प्रस्तुति विद्यार्थी नानीहरूले मञ्चमा प्रदर्शन गरेका थिए।
कार्यक्रमको समीक्षा प्रमुख अतिथिले गर्नुभएको थियो। अतिथिले आयोजकको कार्यक्रम समय परिवेश सापेक्ष एवं जीवनउपयोगी हुनुका साथै यो कार्यक्रमले नानीहरुको भविष्यमा आमूल सकारात्मक परिवर्तन गर्ने विचार विमर्श पस्तुत गरी केही विद्यालयमा सहयोग चाहे तह कार्यालयबाट दिन तयार छु भनि प्रतिबद्धता गरी मञ्चबाट विदा हुनुभो। साथै कार्यक्रमको समापन सभाध्यक्ष श्री दिपेन्द्र प्रधानले हरियाली वातावरण फोहोरमैलाुक्त गाउँ बनाने उध्देशले बजार एवं टोलअध्यक्ष साथै गाउँपालिकाको वाड अध्यक्ष लाई ७ थान गमला ७ थान धुपी र २ थान डस्बिन हस्तान्तरण गरी गर्नुभएको थियो।
विद्यालयका प्रधानाध्यापक दिपेन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य श्री पुनम पौडेलले गर्नुभयो भने कार्यक्रमको औचित्यमाथि प्रकाश शिक्षिका रेनु शर्माले पार्नुभएको थियो साथै कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक भूपेन्द्र तिम्सिनाले गर्नुभएको थियो ।


























