राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

२५ माघ, काठमाडौँ : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि  मतदान सुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान सुरु भएको हो ।  लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले सुरुमा मतदान  गर्नुभएको थियो ।

प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखका लागि मतदान स्थलमा २ वटा मतदान केन्द्र निर्धारण  गरिएको छ । मतदान केन्द्र ‘क’मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख-उपप्रमुखहरूका लागि मतदानको व्यवस्था मिलाइएको  लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवरले जानकारी दिनुभएको छ ।

मतदानका लागि समय दिउँसो ३ बजेसम्म समय तोकिएको छ ।  लुम्बिनी प्रदेशमा कुल मतदाता सङ्ख्या ३ सय ५ रहनुभएको छ ।  जसमध्ये प्रदेश सांसद ८७  र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना रहनुभएको छ।

उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.