धादिङ्ग–२ मा १० हजार मतान्तरले कांग्रेसका रामनाथ अधिकारी विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

८ मंसिर, धादिङ्ग : धादिङ्ग –२ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी विजयी भएका छन् ।

वाम लोकतान्त्रिक गठबन्ध नका साझा उम्मेदवार रहेका अधिकारीले एमालेका खेमप्रसाद लोहनीलाई १० हजार ८३३ मतान्तरले  पराजित गरेका हुन् ।

बिहीबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार अधिकारीले  ३४ हजार ७८३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी लोहनीले  २३ हजार ९५० ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले ५ हजार ५२५ मत पाइन् ।

अधिकारी नेपाली कांग्रेस धादिङका सभापति हुन् । उनको संसद प्रवश गर्ने तेस्रो प्रयास सफल भएको हो । यसअघि ०६४ र ०७० निर्वाचनमा अधिकारी पराजित भएका थिए । ०७४ मा एमालेका लोहनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए । गठबन्धन रहेका कारण यसपालि लोहनी पराजित हुन पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.