कांग्रेस नेता सिटौलाको वारेसनामामार्फत उम्मेदवारी दर्ता

A notice in Nepali from Mechinagar Ward No. 10

२३ असोज, झापा : नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११ बजे नै उनले नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुरज तिम्सिनामार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीका अनुसार उनको प्रस्तावकमा मोहन महर्जन र समर्थकमा गणेश पोखरेल रहेका छन्। पार्टीको केन्द्रमा चलिरहेको बैठकका कारण उनी आफै उपस्थित भएर उम्मेदवारी दर्ता गराउन नसकेपछि अधिवक्ता तिमल्सिनामार्फत उम्मेदवारी दर्ता गराइएको समर्थक पोखरेलको भनाइ थियो।

सिटौलाले आजै जीपी स्मृति भवनको प्राङ्गणमा भइरहेको गठबन्धनको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा त्यस क्षेत्रका विभिन्न स्थानबाट सन्थाल नृत्यसहितको झाँकी ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.