८ मंसिर, धनकुटा : धनकुटाबाट प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
प्रतिनिधिसभातर्फ गठबन्धनका सुनिलबहादुर थापालाई एक हजार तीन सय ९७ मतले पराजित गर्दै एमालेका राजेन्द्रकुमार राई विजयी भएका हुन्।
राईले ३० हजार एक सय एक र नेपाली कांग्रेसका थापाले २८ हजार सात सय चार मत ल्याए। तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रबाट विद्रोह गरी स्वत्रन्त्र उम्मेदवार बनेका हेमराज भण्डारी पाँच हजार नौ सय २६ मत ल्याएर तेस्रो स्थानमा रहहे ।
त्यस्तै प्रदेश (१) मा एमालेका निरन राईले १७ हजार अठार मत ल्याएर विजयी हुनुभएको छ। उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का अर्जुन राईले १० हजार दुई सय २६ मत प्राप्त गरेका छन्।
प्रदेश (२) मा एमालेका इन्द्रमणि पराजुली विजयी भएक्छा छन्। पराजुली १५ हजार ७ सय ९७ मत ल्याएर विजयी भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कुसुमकुमारी श्रेष्ठले ११ हजार दुई सय ३० मत प्राप्त गरिन्।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि जिल्लाबाट प्रतिनिधिसभामा सात, प्रदेशसभा ९१० मा चार र प्रदेश ९२० मा सात उम्मेदवार प्रतिस्पर्धामा थिए। कुल एक लाख १६ हजार नौ सय ९१ मतदाता रहेको धनकुटामा ६९ चार सय ९६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
























