रौतहट–१ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

८ मंसिर, रौतहट : रौतहट क्षेत्रनम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । बिहीबार सम्पन्न मतगणनको अन्तिम नतिजाअनुसार अध्यक्ष नेपाल ६ हजार ६०० मतान्तरले विजयी भएका हुन् ।

नेपालले ३३ हजार ५२२ मत ल्याएका छन् भने एमालेका गुप्ताले २६ हजार ९२२ मत पाएका छन् । यहाँ जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १ हजार ४११, स्वतन्त्र उम्मेदवार राहुलकुमार मिश्रले ४५४, राष्ट्रिय प्रजातन्त्र पार्टीका सरोजकुमारीले ३५३ मत पाएकी छिन् ।

नेपाल ०७४ मा काठमाडौं–२ बाट निर्वाचित भएका थिए । तर एमाले विभाजित भएपछि एकीकृत समाजवादीको अध्यक्ष बनेका नेपाल यसपटक सत्ता गठबन्धनबाट उम्मेदवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.