झापा र इलामका एक हजार बढी मजदूरलाई व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रशिक्षण

A notice in Nepali from Mechinagar Ward No. 10

१२ जेठ, झापा : झापा र इलामका एक हजारबढी श्रमिकले व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षासम्बन्धी तालिम हासिल गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरेको व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवद्र्धन कार्यक्रमअन्तर्गत सो तालिम प्रदान गरिएको झापाको विर्तामोडमा आज आयोजित अन्तरक्रियात्मक कार्यक्रममा जानकारी दिइएको हो ।
पछिल्लो करिब ८ महिनाको अवधिमा झापा र इलामका विभिन्न स्थानमा चिया, अलैंची, अदुवाजस्ता निर्यातजन्य कृषिवस्तुका उद्योगमा कार्यरत एक हजारबढी मजदूरलाई काम गर्दा अपनाउनुपर्ने स्वास्थ्य तथा सुरक्षासम्बन्धी क्रियाकलापका बारे तालिम दिइएको कार्यक्रमका फिल्ड संयोजक गोपाल पौडेलले जानकारी दिए ।
तालिम बारे समीक्षात्मक अन्तरक्रियामा तालिम व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवद्र्धनका लागि उपलब्धिमूलक भएको निष्कर्ष निकालिएको थियो । उद्योग–व्यवसाय क्षेत्रसँग सम्बन्धित संघ–संस्था र वस्तुगत संघहरुका पदाधिकारी–सदस्यहरुको सहभागिता रहेको अन्तरक्रियामा आईएलओकी राष्ट्रिय कार्यक्रम संयोजक बन्दना अर्यालले कार्यक्रम बारे प्रस्तुति दिएकी थिइन् भने सहभागीहरुले मजदूरहरुलाई दिइएको तालिम उपलब्धिमूलक भएको निष्कर्षसहित यसलाई निरन्तरता दिन सुझाव दिएका थिए ।
झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले महासंघ उद्योग–प्रतिष्ठान अनि त्यहाँ कार्यरत श्रमिकहरुप्रति सदैव सकारात्मक रहेको बताउँदै यसप्रकारका कार्यक्रमलाई महासंघले निरन्तरता दिने बताए ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार अग्रवालले चिया क्षेत्रको अवस्था अवगत गराएको र नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले धन्यवाद ज्ञापन गरेको अन्तरक्रियाको सहजीकरण नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.