प्रधानमन्त्री र लूको शिष्टाचार भेटवार्ता : उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षा

A notice in Nepali from Mechinagar Ward No. 10

१३ साउन, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । शुक्रबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर लूले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

भेटमा नेपाल–अमेरिकाबीच मैत्रीपूर्ण सहयोग र सम्बन्धका विषयमा विचार आदान–प्रदान भएको जानकारी प्रधानमन्त्री देउवाले ट्वीटमार्फत सार्वजनिक गर्नुभएको छ ।

 

प्रधानमन्त्री देउवाले अमेरिकाको निरन्तर विकास सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिँदै अमेरिकी सरकारबाट उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षा गरेको उल्लेख गर्नु भएको छ ।

भेटमा विगत ७५ वर्षको नेपाल–अमेरिका साझेदारी र जनता–जनताबीचको सुमधुर सम्बन्धलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । दुई दिने नेपाल भ्रमणमा बिहीबार नेपाल आइपुग्नु भएका लूले यसअघि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.