अमेरिकामा गोली हानी एक नेपालीको हत्या

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । अमेरिकामा नेपालीको बाहुल्यता रहेको शहर बाल्टिमोरमा शनिबार एक व्यक्तिले गरेको आगजनी र अन्धाधुन्ध गोली प्रहारमा नेपाली विद्यार्थीको ज्यान गएको छ।

प्रहरीका अनुसार ५६ वर्षीय एभर्टन ब्राउनले आफ्नो घरमा आगो लगाएपछि अन्धाधुन्ध गोली चलाएका थिए। घटनामा नजिकैको घरमा बस्ने संखुवासभाको खाँदबारी स्थायी घर भएका २७ वर्षीय सागर घिमिरेको ज्यान गएको हो। घटनामा अन्य तीन जनाको पनि ज्यान गएको छ। प्रहरी कारबाहीमा पछि ब्राउन मारिएका थिए।

चार वर्षअघि अमेरिका गएका सागरले केही समयअघि मात्र स्नातकको पढाइ सकेका थिए। उनले छात्रवृत्तिमा क्लाफिन युनिभर्सिटीमा पढेका थिए। सागरका दाजु र बुबा खाँदबारीमा बस्छन्। आमाको केही समयअघि मृत्यु भएको थियो। दाजु अशक्त छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.