नेपाललाई थप १६ लाख डोज खोप चीनले अनुदानमा उपलब्ध गराउने

अर्थमन्त्री र चिनियाँ राजदूतबीच द्विपक्षीय सहायताबारे छलफल

A notice in Nepali from Mechinagar Ward No. 10

१५ साउन, काठमाडौं : चीनले कोभिड-१९ विरुद्ध नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो परिमाणको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी हुन् ।

चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । अर्थ मन्त्रालयद्वारा प्रेषित विवरणमा चीनले दिने भनेको थप खोप चाँडै आउने जनाइएको छ । भेटमा अर्थमन्त्री शर्माले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकाले सहजीकरण गर्नको लागि आग्रह गरेका थिए ।

चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजना सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गंभीरतापूर्वक ध्यान दिने अर्थमन्त्री शर्माले बताए ।

भेटमा चिनियाँ राजदूत यान्छीले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताइन् ।

भुकम्पपछिको पुननिर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाहरुको पुननिर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै राजदूत यान्छीले दरबार हाइस्कुलको पुननिर्माण सकिएको, वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाहरुको काम पनि चाँडै सम्पन्न गरिने आश्वासन दिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.