‘कबड्डी ४’ लाई सिक्किममा प्रतिबन्ध गर्न माग

A notice in Nepali from Mechinagar Ward No. 10

२२ जेठ, काठमाडौँ : दोस्रो हप्तामा प्रदर्शन भइरहेको नेपाली फिल्म ‘कबड्डी ४ः द फाइनल म्याच’लाई भारतको सिक्किममा प्रतिबन्ध गर्न माग गरिएको छ। अभिनेत्री मिरुना मगर र लामा फुर्पा तामाङको केसलाई लिएर फिल्म प्रतिबन्ध गर्न माग गरिएको हो।​

सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्मलाई प्रतिबन्ध लगाउन माग गरेका हुन्। उनले फिल्मको प्रदर्शन बन्द नगरे सडक संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन्। बौद्ध धर्म र भिक्षुलाई अन्याय भएको भन्दै यस विरुद्ध आवाज उठाउन जरुरी रहेको उनले बताएका छन्।

केही समयअघि फिल्मकै अभिनेत्री मिरुना मगर र बौद्ध धर्मका भिक्षु फुर्पा तामाङबीच विवाद भएको थियो। सोही विवाद चर्किँदै जाँदा सिक्किममा फिल्मलाई प्रतिबन्ध लगाउन माग भएको हो। दुवै पक्षबीच कागजी सम्झौता भने भइसकेको छ।

पहिलो हप्तामा १४ करोड माथिको कमाइ गरेको फिल्मले दोस्रो हप्तामा पनि राम्रो प्रदर्शन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.