छुवाछूत उन्मुलन दिवसमा विविध कार्यक्रम

A notice in Nepali from Mechinagar Ward No. 10

२१ जेठ, बाहुनडाँगी : १७ ओैँ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस २०८० काे अवसरमा दलित उत्थान समन्वय संस्था मेचीनगरकाे आयाेजनामा वडानम्वर १ काे गाडागल्लीमा कार्यक्रम सम्पन्न ।

प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पाेखरेल उप्रेती हुनुहुन्थ्यो । मेचीनगर वडानम्वर १ का वडाध्यक्ष रामकुमार राई, अधिवक्ता राेम विश्वकर्मा , ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारती, आयाेजक संस्थाका सल्लाहकार सदस्य कृष्ण कनाल, संस्थाकाे उपाध्यक्ष चन्द्र दासलगायतले बाेल्नुभएकाे थियाे ।

संस्थाका अध्यक्ष टाेलबहादुर सुनारकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्दै उपप्रमुख मीना पाेखरेल उप्रेतीेले २०७५ सालकाे निती तथा कार्यक्रम र बजेटमा मेचीनगर छुवाछूत मुक्त नगर घाेषणा गरेकाे स्मरण गराउनुभयाे । स्थानीय सरकाले दलित उत्थानका कार्यक्रमहरू सञ्चालन गरेकाे बताउँदैँ जात, लिङ्ग र बर्णकै आधार र कारण छुवाछूत गर्नु अपराध रहेकाे बताउनुभयाे । जात र नामले मात्र केही नहुने भन्दैँ अब दलित भनेर हाेईन आफ्नाे पहिचान र जातकालागि संघर्ष गर्नुपर्ने उपप्रमुख उप्रेतीले धारणा राख्नुभयाे ।

दलितकाे नाममा स साना कार्यक्रममा नअल्झि अब ठाेस कार्यक्रम लिएरआउन उहाँले सुझाव दिनुभयाे । अबका कार्यक्रम शहर बजारमा बस्ने सम्पन्न दलितकालागि मात्र नभएर ग्रामीणक्षेत्रमा बसाेबास गर्ने निम्नस्तरका दलित समुदायहरूकाे पहुँच पुग्ने कार्यक्रम पुग्नुपर्ने उहाँकाे भनाई थियाे ।

नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीले छुवाछूत एउटा कलंककाे रूपमा रहेकाे र यसकाे अन्त्यकालागि सवै एकठाउँमा उभिनुपर्नेमा जाेड दिनुभयाे । यसका कारण पनि अहिले समाजमा विभेद बढेकाे उहाँकाे भनाई थियाे ।

सचिव लक्ष्मी परियार दर्जीले सञ्चालन गर्नुभएकाे कार्यक्रममा अधिवक्ता राेम विश्वकर्माले प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई आत्मसात् गर्दैँ प्रथा, परम्परा, धर्म, संस्कृति ,रीतिरिवाज वा अन्य कुनै नाममा जातजाति, वंश,समुदाय,पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव नहुने अवस्था सि्रजना गरी प्रत्येक व्यक्ति स्वतन्त्रता र सम्मानपुर्वक बाँच्न पाउने अधिकारकाे संरक्षण गर्न तथा कुनै पनि स्थानमा गरिने छुवाछूत , बहिष्कार , प्रतिवन्ध , निष्काशन , अवहेलना वा त्यस्तै अन्य मान्यता विराेधी भेदभावजन्य कार्यलाई दण्डनीय बनाई त्यस्ताे कार्यबाट पीडित व्यक्तिलाई क्षतिपूर्तिकाे व्यवस्था गरी सर्वसाधारणबीच सुसम्बन्ध सुदृढ गरी राष्ट्रिय एकता अक्षुण्ण राखी समानतनमूलक समाजकाे सिर्जना गर्ने सम्बन्धमा समयानुकूल व्यवस्था गर्न बाञ्छनीय भएकाले नेपालकाे अन्तरिम संविधान २०६३ काे धारा ८३ बमाेजिमकाे व्यवस्थापिका संसद्काे हैसियतमा संविधान सभाले जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसूर र सजाय ऐन २०६८ बनाएकाे बताउनुभयो । उहाँले दलित समुदायकाे सवालमा कानूनी सचेतना विषयक कार्यपत्र प्रस्तुत गर्नुभयाे ।

उहाँले जातीय भृदभाव तथा छुवाछूत कसुर सजाय नियमावली २०७४ का विषयमा समेत स्पष्ट पार्नुभयाे ।
ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीले स्थानीय प्रशासन कानुन कार्यान्वयन गराउने पाटाे भएकाले कानुन विपरीत कार्य गर्नेलाई वा दाेषीलाई कानुनकाे कठघरामा उभियाउने स्पष्ट पार्नुभयाे ।

कार्यक्रमका सभापति सुनारले नगरमा अहिले पनि विद्यामान समस्याकाे रूपमा रहेकाे छुवाछूत अन्त्य गर्न आफुहरू लागि पर्ने जानकारी गराउनुभयाे । यसकै कारण याे अभियान १ नम्वर वडाबाट शुरू गरेकाे स्पष्ट पार्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.