धुलाबारी क्याम्पसमा सिभिल इन्जिनियरिङ्गको स्नातक तहको पढाइ हुने

A notice in Nepali from Mechinagar Ward No. 10

३१ भदौं, मेचीनगर : मेचीनगरको पहिलो क्याम्पस धुलाबारी क्याम्पसमा सिभिल इन्जिनियरिङ्गको स्नातक तह(B.E.)को पढाइ यसै वर्षबाट सुरु हुने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक समूहको भाद्र ३० गतेको निर्णयबाट धुलाबारी क्याम्पसलाई सम्बन्ध दिने निर्ण भएको धुलाबारी क्याम्पसका क्याम्पस प्रमुख पुष्पराज पौंडेलले बताउनु भयो ।
कक्षा ११/१२ मा विज्ञान विषय लिएर कम्तिमा सि प्लस ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरुले भर्ना हुन सक्ने क्याम्पस प्रमुख पौडेलले बताउनु भयो ।
पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन विभागबाट केही दिन भित्र सम्बन्धन सम्बन्धि पत्र प्राप्त भएपछि भर्ना खुलाइने क्याम्पस प्रमुख पौडेल बताउनु हुन्छ ।

क्याम्पस प्रमुख पुष्पराज पौंडेल

धुलाबारी क्याम्पसको भवनमा यस अघि नै सब ओभरसियरको पढाइ सुरु भइसकेको र मेचीनगर नगरपालिकाद्वारा सञ्चालित मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग, डिप्लोमा इन आर्किटेक्चर इन्जिनियरिङ्ग र डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजीको पढाइ समेत भइरहेको छ ।
धुलाबारी क्याम्पस अब पूर्णतया प्राविधिक क्याम्पसमा रुपान्तरण भएको र मेचीनगरका न्यून आयस्रोत भएका आम नगरिकका सन्तानले सर्वसुलभ प्राविधिक शिक्षा प्राप्त गर्न सहज हुने भएकोले खुसी व्यक्त गर्दै क्याम्पस प्रमुख पौंडेलले यस कार्यमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.