बडादसैँको आठौँ दिनः देशैभरका शक्तिपीठमा भक्तजनको घुइँचो

महाअष्टमी पर्वका अवसरमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
महाअष्टमीका दिन शक्तिपीठमा पूजा गर्न लाइनमा बसेका भक्तजनहरू

📌 मुख्य बुँदाहरू:

  • बडादसैँको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भारी घुइँचो लागेको छ।
  • काठमाडौँका गुह्येश्वरी, भद्रकाली, नक्साल भगवतीसहित देशभरका प्रसिद्ध मन्दिरहरूमा बिहानैदेखि पूजाआराधना गर्नेहरूको लाइन रहेको छ।
  • शारदीय नवरात्रको यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ।

बडादसैँको आठौँ दिन आइतबार काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। शारदीय नवरात्रका रूपमा मनाइने यस पर्वको महाअष्टमीका दिन देशैभरका मन्दिरहरूमा देवीको दर्शन तथा पूजार्चना गर्न मानिसहरूको लामो लाइन लागेको छ।

आजको दिन काठमाडौँका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, र तलेजु भवानीलगायतका शक्तिपीठहरूमा भक्तजनहरूको अत्यधिक भीड रहेको छ। दर्शनार्थीहरूको सुविधाका लागि यी शक्तिपीठ तथा देवी मन्दिरहरूलाई ध्वजापताकाले आकर्षक ढङ्गले सिँगारिएको छ।

देशैभरका प्रमुख शक्तिपीठमा चहलपहल

राजधानी उपत्यका बाहिर पनि देशका विभिन्न प्रख्यात मन्दिरहरूमा बिहानैदेखि पूजाआराधना गर्नेहरूको घुइँचो लागेको छ। दक्षिणकाली, गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बगलामुखी, पोखराको विन्ध्यवासिनी र काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीमा हजारौँ भक्तजन पुगेका छन्।

त्यसैगरी, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, नेपालगञ्जको वागीश्वरी, सप्तरीको छिन्नमस्ता भगवती र राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली तथा बाराको गढीमाईमा पनि बिहानैदेखि दर्शनार्थीहरूको ठुलो उपस्थिति रहेको छ।

शारदीय नवरात्रका अवसरमा शक्तिपीठमा विधिपूर्वक दर्शन र पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। यस विशेष अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष रूपमा आराधना गरी नौ दिनसम्म गरिने साधनाले जीवनमा सुख र शान्ति प्राप्त हुने जनविश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.