आगलागी हुँदा अन्दाजी १० लाखको क्षति, तीन गाई घाइते

A notice in Nepali from Mechinagar Ward No. 10

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ स्थित गौशाला क्षेत्रमा रहेको एक घरमा आगलागी भएको छ।
आज राती अन्दाजी ७ बजेको समयमा भएको आगलागीमा परी नेत्र बहादुर संग्रौलाको घरमा रहेको ३ वटा गाई घाइते भएको छ भने घर पूर्ण रुपले जलेको छ ।
घरमूली नेत्र बहादुर संग्रौलाको परिवार नजिकैको बिहेमा गएको समयमा विद्युत सर्ट भएर आगो लागेको हो । आगलागीमा परी अन्दाजी १० लाखको क्षति भएको स्थानीयले जनाएका छन् । घरमा कोही पनि नभएको समयमा आगलागी भएको हुँदा मानवीय क्षति नभएको स्थानीयको भनाई छ।
सुन्दरहरैंचा नगरपालिका, इटहरी उपमहानगरपालिका का दमकल, प्रहरी चौकी गछिया, स्थानीय लगायतको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

(स्रोत: शिव भट्टराईको फेसबुकबाट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.