उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा भाेलिबाट बन्द हुने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौ, बैशाख १२ गते । कोरोना संक्रमण बढ्दो अवस्थालाई मध्यनजर गरेर काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।
आज (आइतबार) बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले गोरखापत्र अनलाइलाई जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको बताउदै आगामी दिनमा कोरोनाको संक्रमणको दर हेरेर निर्णय लिने प्रमुख जिल्ला अधिकारी पराजुलीले गोरखापत्र अनलाइनलाइ जानकारी दिनुभयो ।

अत्यावश्यकमा शान्तिसुरक्षा लगायतका सेवा खुला हुने छन्र भने राहदानी,राहदानी , पत्रपत्रिका दर्ता, संघ सस्था नवीकरणको सेवा भोली सोमबार देखि बन्द हुने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.