भोलिदेखि ३ लाख ७० हजार बढी नागरिकलाई भेरोसेलको दोस्रो डोज खोप लगाईने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । जेठ महिनामा चिनियाँ खोपको पहिलो डोज लगाएकालाई सरकारले भोलि असार २२ गते मंगलबारदेखि दोस्रो डोजको खोप लगाउने भएको छ ।

गत जेठ २५ गतेदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा (देशभर) ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नाागरिकलाई चिनियाँ खोपको पहिलो डोज लगाईएको थियो ।

उक्त खोपको पहिलो डोज लगाएका ३ लाख ७० हजार बढी नागरिकलाई असार २२ गतेदेखि दोस्रो डोज खोप लगाईने तयारी भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए ।

विभागले अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेकाले समेत उक्त अवधिमा दोस्रो बुस्टर डोज लगाईने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.