२ हजार ११८ जना संक्रमण मुक्त : ३ हजार ९१५ जनामा संक्रमण पुष्टि

A notice in Nepali from Mechinagar Ward No. 10

२९ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार ११८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जनामा संक्रमण देखिएको छ भन ६ हजार ८७४ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १५२ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १८ हजार ५८२ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख २८ हजार ५३२ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ७४ हजार ३४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ७९ हजार ४९५ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.