साढे चार लाख मात्रा खोप बढी पाइयाे, ५६ हजार खेर (प्रतिवेदन सहित)

A notice in Nepali from Mechinagar Ward No. 10

४ फागुन, काठमाडौँ : कोभिड १९ विरुद्धको खोप छानविन समितिले प्रतिवेदन बुझाएको छ । नेपालमा करिव २४ लाख खोपको मात्रा हराएको विवरण सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानविन समिति गठन गरेको थियो । समितिले आज प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा साढे चार लाख बढि खोप भेटिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदन अनुसार नेपालले अहिलेसम्म चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप प्राप्त गरेकोमा तीन करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाएको छ । त्यस्तै सरकारसँग एक करोड २३ लाख ३७ हजार ६६५ मात्रा खोप मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ । सरकारले प्राप्त खोप र लगाएको संख्या अनुसार मौज्दात खोपको संख्या एक करोड १८ लाख ८२ हजार ३१० हुनुपर्नेमा सरकारसँग चार लाख ५५ हजार ३५५ मात्रा खोप बढि भेटिएको समितिले जनाएको छ । खाेप बढी हुनुमा समान्यतया दश जनाका लागि पुग्ने भाइलकाे खाेप ११ जनासम्मलाइ पुग्ने गरी लगाएकाे जस्ता कारण रहेकाे उल्लेख छ । साथै ५६ हजार ९०८ मात्रा खाेप खेर गएकाे प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.