म, विमलेन्द्र र प्रकाशमानमध्ये एक जना मात्र उठ्छौं : शशांक

A notice in Nepali from Mechinagar Ward No. 10

२६ असार, काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र आफूमध्ये एक जना मात्र उम्मेदवार हुने बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले महाधिवेशनबाट जसरी पनि नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै त्यसका लागि तीनै जना नेतापुत्र एक ठाउँमा रहने बताएका हुन् ।

‘हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौं भनेर त एकजना मात्रै उभिनु पर्यो नि । तीनै जना उभियौ भने त फेरि परिर्वतन हुदैन’ उनले भने, ‘त्यसैले हामी तीन जनाले यति चाहिँ के भन्नुपर्यो भने हामीमध्ये एक जना उभियौं भने सजिलोसंग (नेतृत्व) हस्तान्तरण हुन्छ भन्ने कुराको पुष्टि हुन्छ ।’

कांग्रेसका संस्थापक नेता वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरुबीच तीनैजनाको निवासमा पालैपालो भेटघाट भएको थियो । वीपी पुत्र कोइरालाले आफूहरु एक ठाउँमा उभिए अरु नेतृत्वका आकांक्षीलाई पनि मनाउन सजिलो हुने बताए ।

‘हामी ३ जना, ५ जना, ७ जना हुँदै समूहलाई ठूलो पार्दै गयो भने एकै ठाउँमा उभिन सक्ने संभावना हुन्छ । त्यसले पार्टीलाई पनि मजबुत पार्छ । एकै ठाउँमा उभिँदा शक्ति पनि मिल्छ र एकजना मात्रै उम्मेदबार भयो भने पुस्ता हस्तान्तरण गर्न सजिलो हुन्छ भन्ने ध्येयले हामीले यो प्रोग्राम सञ्चालन गरेको हो’ उनले तीन नेताको भेटघाटबारे भने ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अब अभिभावक बनेर बस्नुपर्ने महामन्त्री कोइरालाले बताए । ‘उहाँलाई हामीले सम्झाउन सक्नुपर्यो कि तपाई अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस् । उहाँहरु कतिञ्जेलसम्म राजनीति गरिरहनुहुन्छ त ? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरु आफैं लड्ने विचार गर्दै हुनुहुन्छ । यसरी चाहिँ अप्ठयारो हुन्छ’ उनले भने ।

कांग्रेस पार्टी कमजोर हुनुमा देउवाको मात्र कमजोरी नभई सबै पदाधिकारीको उत्तिकै गल्ती भएको भन्दै उनले यस विषयमा आफूले मात्र देउवाको बचाउ गरेको ताए । ‘म मात्रै एउटा व्यक्ति थिएँ जसले उहाँलाई डिफेण्ड गरें । मैले के भनेँ भने उहाँको मात्रै गल्ति होइन । हामी पनि पदाधिकारीहरु हौ । हाम्रो पनि उत्तिकै गल्ती हो । मैले ढाल बनेँ शेरबहादुरजीको । मैले शेरबहादुरजीलाई धेरै सेभ गरेको हो ।’

कोइरालाले महाधिवेशन तोकिएको मितिमै सम्पन्न गर्न क्रियाशील सदस्यता विवाद असार महिनाभित्र टुंग्याउनुपर्ने बताए । ‘त्यसमा फेरि विवाद भयो भने हाम्रो अधिवेशनलाई नै असर गर्छ’ उनले भने ।

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.