हत्यारा पक्राउ नपर्दासम्म भागरथीको शव नबुझने परिवारको अडान लेखाजोखा न्युज २७ माघ २०७७, मंगलवार ११:५३

A notice in Nepali from Mechinagar Ward No. 10

धनगढी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टका आफन्तले हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका छन् ।

सोमवार पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले भट्टको शव बुझ्न आग्रह गरे पनि घटना भएको छ दिन पुगिसक्दा पनि हत्यारा पक्राउ नपरेको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका हुन् ।

मृतक भागरथीका काका शिवराज भट्टले हत्यारा पक्राउ नपरेसम्म शव नउठाउने बताए । भागरथीको शव बैतडी अस्पतालको शव गृहमा राखिएको छ ।

सनातन माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथीको गत बुधवार बलात्कारपछि हत्या भएको थियो । सनातन माविका विद्यार्थीहरुले हत्यारा पक्राउका लागि मंगलबारसम्मको अल्टिमेटम दिएका छन् ।

हत्यारा पक्राउ नपरे कडा आन्दोलन गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.