गद्दार र देशद्रोही घोषणा गर्ने अधिकार पनि अध्यक्षलाई दिऔं-वामदेव गौंतम

A notice in Nepali from Mechinagar Ward No. 10

२५ साउन, काठमाण्डौं :   नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी ओलीका अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्। ओलीले वरिष्ठ नेता माधव नेपालप्रति दिएका अभिव्यक्तिलाई लिएर उनले बैठकमा कटाक्ष गरेका हुन्।

विधान संशोधनमा आफ्नो धारणा राख्दै उनले अध्यक्षका अधिकार थप्न सुझाएका थिए। अध्यक्ष ओलीले नेपाललगायत विभिन्न अभिव्यक्ति दिएको भन्दै उनले अनुशासनको कारबाही शीर्षक दिएर आममाफी दिने अधिकार थप्न सुझाब दिएका थिए।

ओलीले नेपाललगायतका नेताहरूलाई आममाफी दिने घोषणा गरेका थिए। त्यसप्रति गौतमले स्थायी कमिटीमा कटाक्ष गरेका हुन्। ओलीले नेपाललगायतलाई अपराधी, गद्दार र देशद्रोहीको आरोप लगाउँदै दिएको अभिव्यक्तिप्रति पनि गौतमले असन्तुष्टि जनाउँदै विधानमै पो थप्ने कि भन्दै प्रश्न गरेका थिए।

‘अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्‍यो,’  ‘बोल्नुहुँदैन भने किन बोल्नुभयो, मनपरी गर्न पाइँदैन,’ बैठकमा सहभागी एक नेताले गौतमको भनाइ उद्धृत गर्दै भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.