काँग्रेस सभापतिको दोस्रो चरणको मतदान : चार हजार मत खस्यो

A notice in Nepali from Mechinagar Ward No. 10

२८ मंसिर, काठमाडौँ : सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार जारी सभापतिमा दोस्रो चरणको मतदान प्रक्रियामा अहिलेसम्म चार हजार मत खसेको छ ।

केन्द्रीय निर्वाचन समितिका सचिव एवम् अधिवक्ता केशव रिजालले हालसम्म करिब चार हजारको हाराहारीमा मत खसेको जानकारी दिनुभयो । ‘अब ५, ६ सयको मतदान हुन बाँकी छ । हामी समयमै मतदान प्रक्रिया सक्छौं’, रिजालले भन्नुभयो ।

काँग्रेसको दोस्रो चरणमा सभापतिका लागि पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको हो । पहिलो चरणमा सभापति पदमा उम्मेदवारी दिनुभएका प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले प्रधानमन्त्री देउवालाई नै समर्थन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.