आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै

A notice in Nepali from Mechinagar Ward No. 10

४ फागुन, काठमाडौँ : पाँच पटक स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउसो बोलाइएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाएका छन्। यसअघि कोरोनाभाइरसको तेस्रो लहर र अन्य विभिन्न कारणले प्रतिनिधिसभाको बैठक पाँच पटक सारिएको थियो।

आजको बैठकको सम्भावित कार्यसूचीमा थारु आयोगको प्रतिवेदन पेश गर्ने र शोक प्रसताव पारित गर्ने रहेको छ। यसमा फेरबदल पनि आउनसक्नेछ।

प्रतिनिधिसभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको छ। बिहान साढे ११ बजे बस्ने परामर्श समितिको बैठकले आजको कार्यसूची तय गर्नेछ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पेश हुने विश्वास गरेका छन्। मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री देउवाले सो कुरा व्यक्त गरेका थिए।

लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आजको बैठकमा पनि विरोध जनाउने भएको छ। एमाले प्रमुख सचेतक विशाल भट्टराईले आजको बैठक पनि अवरोध गर्ने जानकारी दिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.