अमेरिकी दूतावासले भन्यो- ‘एसपीपी सम्बन्धमा पत्र प्राप्त भइसक्यो’

'हामी सरकार (नेपाल) को निर्णयलाई पूर्णरुपमा स्वीकार छौं'

A notice in Nepali from Mechinagar Ward No. 10

१३ साउन, काठमाडौँ : स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको भन्ने पत्र आफूलाई प्राप्त भइसकेको अमेरिकाले जनाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका पब्लिक अफियर्स प्रमुख ग्यारेट विल्करसनले कान्तिपुरलाई प्रतिक्रिया दिँदै उक्त जानकारी दिएका हुन् ।

परराष्ट्रमन्त्री नारायण खड्काले प्रतिनिधिसभामा शुक्रबारै बोल्दै परराष्ट्र मन्त्रालयले साउन ९ मा एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई पत्राचार गरिसकेको जानकारी दिएका थिए । मन्त्रिपरिषद्को असार ६ को बैठकले एसपीपीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो । उक्त पत्राचारको सम्बन्धमा कान्तिपुरले अमेरिकी राजदूतावासमा राखेको जिज्ञासामाथि पब्लिक अफियर्स प्रमुख विल्करसनले जवाफ दिएका हुन् ।

‘हो, हामीले एसपीपीको सम्बन्धमा नेपाल सरकारबाट आधिकारिक लिखित सन्देश प्राप्त गरेका छौं । हामी एसपीपीमा सरकार (नेपाल) को निर्णयलाई बुझ्छौं र पूर्णरूपमा स्वीकार गर्छौं ।’

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि अमेरिकालाई पत्राचार गरिसकेको बताइन् ।

इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.