सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोग नबनाउने गठबन्धनको निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

२९ साउन, काठमाडौँ : सत्तारूढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।

गठबन्धनले उच्चस्तरीय आयोग बनाए अहिले भइरहेको अनुसन्धानमा अवरोध पुग्ने निष्कर्ष निकालेको छ ।

पाण्डेका अनुसार बैठकमा सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको प्रसंगमा पनि छलफल भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर महरालाई दोषी करार गर्न नसकिने र बाँकी अनुसन्धान जारी रहेको बताएका छन् ।

बैठकमा गौर हत्याकाण्डबारे जनता समाजवादी पार्टीले गठबन्धनबाट आफूलाई निसाना बनाउने काम भए गठबन्धन छोड्ने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.