“मलाई जति गाली गरे पनि स्वीकार्य छ, म आफैँ माटो हुँ”: काठमाडौँमा भावुक बन्दै गर्जिए हर्क साम्पाङ

A notice in Nepali from Mechinagar Ward No. 10
Hark Sampang Rai, Chairman of Shram Sanskriti Party, speaking at a podium with microphones from Now Army News and The News Agency, wearing a traditional Nepali hat and white shirt, in a decorated room with flowers and green wall.

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली, आलोचना र अपमान सहनुपरेको बताउनुभएको छ। शनिबार काठमाडौँमा आयोजित ‘श्रम संस्कृति पार्टी उपत्यका साक्षात्कार’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले आफूलाई वर्तमान समयमा संसारमै सबैभन्दा बढी गाली र अपमान गरिने व्यक्तिको रूपमा अनुभूति भएको धारणा राख्नुभयो।

सम्बोधनका क्रममा केही भावुक बन्दै साम्पाङले भन्नुभयो, ‘मैले सबैभन्दा पहिले के महसुस गर्छु भने यो देशलाई माया गर्दा दुनियाँभरका मानिसले गाली गर्दा रहेछन्। संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने र अपमान गरिने मान्छे म हुँ। मैले किन गाली खाइराख्नुपरेको छ भने म देशलाई बिछट्टै माया गर्छु। देशलाई सम्झेरै म थुप्रै पटक रोएको छु, हाँसेको पनि छु। हाँसेँ भने यो देशसँगै हाँसौँला, रोएँ भने यो देशसँगै रोऔँला। देश बिर्सिएर मलाई एकै पल पनि बाँच्न नपरोस्।’

“पहिले १ हजार गाली आउँथ्यो, अहिले १० हजार पुग्यो”

आफूलाई सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा आलोचना गर्नेहरूलाई सङ्केत गर्दै उनले आफूलाई सिध्याउन खोज्नेहरूको प्रयास कहिल्यै सफल नहुने दाबी गरे। ‘मलाई धेरै मान्छेले माटोमा मिलाउँछु भन्छन्। मलाई कहाँ मिलाउने? म आफैँ माटो हुँ,’ साम्पाङले स्पष्ट पारे।

आफूविरुद्ध हुने गाली र ट्रोलको सङ्ख्या गुणात्मक रूपमा बढेको उल्लेख गर्दै उनले थपे, ‘पहिले धरानको मेयर हुँदा मैले दिनको एक हजार वटा गाली पाउँथेँ। अहिले श्रम संस्कृति पार्टीको देशव्यापी अभियानमा लागेपछि दिनको १० हजार वटा गाली खाइरहेको छु। मलाई गाली गर्ने ती विद्वान् व्यक्तिहरू, महानुभाव र बौद्धिक व्यक्तिहरूलाई हार्दिक सम्मान र माया सम्झना छ। यसरी नै गाली गर्नुहोस्। म मेरो बाटो हिँडिरहन्छु, तपाईंहरू खुट्टा तान्दै गर्नुहोस्। अन्ततः जित मेरै हुनेछ।’ उनले आफूले भोग्ने जस्तोसुकै अपमानलाई पनि देशका लागि सहज रूपमा स्वीकार गर्ने दृढता व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.