विराटनगर । प्रदेश नं १ को बुधबारको प्रदेशसभा बैठक आज तीन मिनेट मात्र बसेर स्थगित भएको हो ।
प्रदेश प्रमुखले पठाएको पत्र सभामुख प्रदीप भण्डारीले बाचन गरेपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । अब, अर्को बैठक माघ १५\१६ गते सभामुख भण्डारीले बोलाउने सम्भावना छ ।
आजबाट प्रदेश १ को सातौँ हिउँदे अधिवेशन सुरु भएको हो । नेकपा विभाजनपछि प्रचण्ड–माधव समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।
प्रस्तावको छिनोफानो यहीँ अधिवेशनबाट हुने भएको छ ।


























