सिग्देललाई कामु प्रधानसेनापति बनाउने निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

१५ साउन, काठमाडौँ : सरकारले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

प्रधानसेनापति  शर्माको कार्यकाल आगामी भदौ २४ गते सकिने हुनाले त्यो भन्दा एक महिना अगाडि साउन २५ देखि बिदा बस्ने प्रचलन अनुसार सरकारले सिग्देललाई कामु प्रधानसेनापति बनाइएको हो।

प्रतिक्रियाहरु 2

  1. Narayan bahadur basnet says:

    समाचार गल्ती देखियो, यसलाई सच्याउनु पर्ने भयो।
    समाचारमा लेखिएको छ “प्रधानमन्त्री शर्माको कार्यकाल आगामी भदौ २४ गते सकिने हुनाले त्यो भन्दा एक महिना अगाडि साउन २५ देखि बिदा बस्ने प्रचलन अनुसार सरकारले सिग्देललाई कामु प्रधानसेनापति बनाइएको हो।” प्रधानसेनापति प्रभुराम शर्मा सेवाबाट अवकाश लिदोछन प्रधानमन्त्री बनेका छैनन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.