काँग्रेस महाधिवेशन अपडेट : यस्तो छ कांग्रेसमा सभापति उम्मेदवारले पहिलो चरणमा पाएको अन्तिम मत परिणाम

A notice in Nepali from Mechinagar Ward No. 10

२८ मंसिर, काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रिय सभापति पदको लागि भएको मतदानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

सोमबार भएको मतदानमा केन्द्रीय कार्यसमितिको सभापति पदका लागि भएको निर्वाचनमा जम्मा ४६७९ मत खसेको र खसेको मतमध्ये ७६ मत बदर भएको छ।

सभापति पदका उम्मेदवारहरु क्रमश: कल्याणकुमार गुरुङ्गले २२ मत, प्रकाशमान सिंहले ३७१ मत, विमलेन्द्र निधिले २५० मत, डा. शेखर प्रसाद कोइरालाले १७०२ मत र शेर बहादुर देउवाले २२५८ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २१ बमोजिम गठन हुने केन्द्रीय कार्यसमितिको सभापति पदका लागि खसेको मतको ५० प्रतिशत भन्दा बढी मत ल्याउन अनिवार्य व्यवस्था भए अनुसार कुनै पनि उम्मेदवारले उक्त मत ल्याएनन्।

पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना प्रत्यासीका बीचमा पुनः मतदान हुने भएको छ।

अब सभापति पदका लागि शेखर प्रसाद कोइराला र शेरबहादुर देउवाबीच पुनः निर्वाचन हुने भएको छ।

अन्तिम मत परिणाम
नामजम्मा गणनाप्राप्त मतप्रतिशत
शेरबहादुर देउवा४६७९२२५८४८.२६
शेखर कोइराला४६७९१७०२३६.३८
प्रकाशमान सिंह४६७९३७१७.९३
विमलेन्द्र निधि४६७९२५०५.३४
कल्याण गुरूङ४६७९२२०.४७
बदर मत७६१.६२
जम्मा४६७९१००.००

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.