कांग्रेस सांसदको आरोप: हामीलाई चोलेन्द्रशमशेर विरूद्ध महाअभियोग हस्ताक्षर गर्न लगाएर एमसिसीमा प्रचण्ड भागे

A notice in Nepali from Mechinagar Ward No. 10

४ फागुन, काठमाडौँ : नेपाली कांग्रेसका सांसदहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूलाई धोका दिएको बताएका छन्।

बुधबारको संसद बैठकमा एमसिसी टेबल नभएपछि कांग्रेस सांसदहरूले प्रचण्डले धोका दिएको बताएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग ल्याए आफूले एमसिसी पारित गर्न सघाउने वचन दिएका प्रचण्ड अहिले भागेको एक सांसदले बताए।

‘राणाविरूद्ध महाअभियोगमा हामीलाई हस्ताक्षर गर्न लगाएर अहिले एमसिसी टेबल गर्ने बेला उहाँ भागेको भाग्यै हुनुभएको छ,’ कांग्रेसका एक सांसदले भने।

यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच माओवादी र एकीकृत समाजवादीको अनुपस्थितमा संसदबाट एमसिसी पारित गर्ने सहमति भएको थियो।

बुधबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सहमतिबिना एमसिसी पारित भए सरकारबाट बाहिरिने निर्णय गरेपछि आजको संसद बैठकमा एमसिसी टेबल हुन सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.