सिंहलाई उपप्रधानमन्त्री, सुजातालाई उपसभापति बनाउने सर्तमा देउवाले जुटाए समर्थन

A notice in Nepali from Mechinagar Ward No. 10

२८ मंसिर, काठमाडौँ : नेपाली कांग्रेसमा लामो समयदेखि नेतृत्व परिवर्तनको अभियान थालेका नेताहरू एकाएक नेतृत्व निरन्तरताकै पक्षमा उभिएका छन् । उनीहरु सबैले एकगठ भएर समर्थन गरेपछि सभापतिमा शेरबहादुर देउवाकै निरन्तरता हुने निश्चितप्राय देखिएको छ ।

हिजोसम्म देउवाबाट पार्टी उँभो नलाग्ने निस्कर्षमा पुगेकाहरू एकाएक कसरी यू-टर्न भए ? सत्ता राजनीतिका माहिर खेलाडी देउवाले प्रकाशमान सिंह र विमलेन्द्र निधिको समर्थन जित्न लेनदेनको सम्झौता गरेको स्रोत बताउँछ ।

देउवानिकट स्रोतका अनुसार प्रकाशमानलाई उपप्रधानमन्त्री बनाउने वचन देउवाले दिएका छन् । परिआए गृहमन्त्रालय नै सिंहलाई छाड्न आफू तयार रहेको वचन खाणले समेत दिएको स्रोतको दाबी छ ।

दोस्रो चरणको निर्वाचन निश्चित भएसँगै गृहमन्त्री बालकृष्ण खाण सभापतिका पराजित उम्मेदवार सिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए । त्यसको केही समयमै प्रधानमन्त्री देउवा आफैं सिंह निवासमा पुगे । खाणले सहमतिका लागि तयार पारेपछि वचन पक्का गर्न देउवा आफैं पुगेका थिए ।

देउवानिकट स्रोतका अनुसार प्रकाशमानलाई उपप्रधानमन्त्री बनाउने वचन देउवाले दिएका छन् । परिआए गृहमन्त्रालय नै सिंहलाई छाड्न आफू तयार रहेको वचन खाणले समेत दिएको स्रोतको दाबी छ ।

त्यस्तै महाधिवेशनपछि विधान संशोधन गरेर महिला उपसभापतिको व्यवस्था गर्ने सहमति पनि भएको छ । सिंहको टिमबाट उपसभापति लडेकी सुजाता कोइरालालाई विधान संशोधनपछि महिला उपसभापति बनाउने सहमति बनेको बताइन्छ । रिक्त रहेको उद्योग-वाणिज्य मन्त्रीका लागि पनि सुजातालाई वचन दिइएको छ ।

मधेशमा निधिको प्रभाव जोगाइदिने वाचा
देउवासँग विद्रोह गरेका निधिले दोस्रो चरणमा देउवालाई सघाउने सार्वजनिक घोषणा गरेका थिए । यद्यपि दोस्रो चरणको निर्वाचनमा देउवाको पहिलो आग्रहमै निधि नतमस्तक बने ।

देउवाले निधिलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने वचन दिएका छन् । त्यस्तै प्रदेश नम्बर २ मा धर्मराएको निधिको राजनीतिक संरक्षणको अभिभारा पनि देउवाले लिएका छन् । निधिको उम्मेदवारीकै कारण संस्थापन इतर समूहमा विभाजन ल्याउन सफल भएको विश्लेषण देउवाको छ । त्यहीकारण निधिलाई साथमा लिन देउवा तयार छन् । प्रदेश २ को अधिवेशनमा निधिनिकट रामसरोज यादवलाई सभापति बनाउन पनि देउवा तयार भएका छन् ।

विश्व र कल्याणलाई मनोनीत गर्ने
सभापतिमा दोहोरिन देउवाले विश्वप्रकाश शर्मा र कल्याण गुरुङलाई केन्द्रीय राजनीतिबाट ओझेल पर्न नदिने वाचा गरेको बताइन्छ । पदाधिकारीमा पराजित भएको खण्डमा केन्द्रीय समितिमै नपर्ने अवस्था हुन नदिन देउवाले दुवैलाई केन्द्रीय सदस्यमा ल्याउने र उपयुक्त भूमिका दिने बताएका छन् ।

बिलायो नेतृत्व परिवर्तनको एजेण्डा
१४ औं महाधिवेशनअन्तर्गत पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन सकेनन् । दोस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार बनेका शेरबहादुर देउवाले ८२ मत नपुगेर पहिलो रोकिएका थिए । देउवाविरुद्ध डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले प्रतिस्पर्धा गरेका थिए ।

महाधिवेशनपछि विधान संशोधन गरेर महिला उपसभापतिको व्यवस्था गर्ने सहमति पनि भएको छ । सिंहको टिमबाट उपसभापति लडेकी सुजाता कोइरालालाई विधान संशोधनपछि महिला उपसभापति बनाउने सहमति बनेको बताइन्छ । रिक्त रहेको उद्योग-वाणिज्य मन्त्रीका लागि पनि सुजातालाई वचन दिइएको छ ।

देउवाबाहेक सबै उम्मेदवारको एजेण्डा नेतृत्व परिवर्तन थियो । यद्यपि पहिलो चरणको निर्वाचन परिणाम आएलगत्तै निधि, सिंह र गुरुङले नेतृत्व परिवर्तनको अभियानको भारी बिसाएका छन । पहिलो चरणमा खसेको मतमा देउवाबाहेकका उम्मेदवारहरुले पाएको मतको योग बहुमत थियो ।

पहिलो चरणको निर्वाचनमा मत माग्दै दोस्रो चरणमा देउवाविरुद्ध उभिने उद्घोष निधी र सिंहले गरेका थिए । तर, देउवासँगको एक भेटमै उनीहरुले दोस्रो चरणमा देउवालाई समर्थन गर्ने वचन दिए । निधि, सिंह र गुरुङको समर्थनले देउवाको दाबेदारी बलियो बनेको छ । यद्यपि नेतृत्व परिवर्तनको गुड्डी हाँकेका नेताहरु देउवामै विलय हुनुको कारण अहिले चासोको विषय बनेको छ ।

नेपालप्रेसबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.