देउवाको ‘एकलौटी’ निर्णयको प्रतिवाद गर्ने शेखर समूहको निष्कर्ष

A notice in Nepali from Mechinagar Ward No. 10

९ चैत, काठमाडौँ :  नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवा एकलौटी तरिकाले चलेको निष्कर्ष निकालेको छ ।

बुधबार बसेको शेखर समूहको बैठकले सभापतिले विना परामर्श गर्ने निर्णयको प्रतिवाद गर्ने निर्णय समेत गरेको छ । पार्टीमा परामर्श नगरी सभापति देउवाले नेविसंघ र तरुण दलको अध्यक्ष चयन गरेकोप्रति बैठकमा असन्तुष्टि व्यक्त गरिएको छ ।

‘१४ औं महाधिवेशनमा सभापतिलाई मत नदिनेहरुलाई पार्टीमा कुनै पनि स्थान नदिने नीति उहाँले अंगीकार गर्नुभयो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘सहमति नगरी एकलौटी ढंगले गरिने निर्णयको सशक्त प्रतिरोध गर्ने निष्कर्ष हो ।’

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको फरक समूहलाई पनि विश्वासमा लिनुपर्नेमा देउवा एक्लै हिँड्न खोजेको नेताहरुले भनाइ राखेका थिए । ‘संस्थापन इतरका नेता तथा कार्यकर्तालाई छानीछानी किनारा पार्ने काम भएको छ । यो विषयमा केन्द्रीय समितिको बैठकमा पनि सशक्त कुरा उठाउछौं’ बैठकमा सहभागी एक नेताले भने ।

सभापति देउवाको एकल चाहनाले मात्रै चुनावी तालमेल नहुनेमा नेताहरुले जोड दिएका छन् । ‘आफ्नो पार्टी भित्र सहमति गर्न प्रयास नगर्ने तर अरु दलसँग तालमेल गर्न खोज्ने सभापतिको प्रयासले पार्टीलाई दुर्घटना तिर लैजान्छ,’ ती केन्द्रीय सदस्यले भने, ‘सभापतिको एकल सोचले मात्रै तालमेल हुन सक्दैन । केन्द्रीय समितिले निर्णय गर्नुपर्दछ ।’

पार्टीमा चार तहका संसदीय समिति गठन गर्नुपर्ने विधानको व्यवस्था भएकाले उनीहरुलाई नै उम्मेवार छान्न दिनुपर्ने शेखर पक्षले जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.