निर्वाचन आयोगमा जसपाको नयाँ अभिलेख, महन्थ ठाकुर अध्यक्ष रहेनन्

महन्थ ठाकुर र राजेन्द्र महतो हैसियत साधारण सदस्य मात्र

A notice in Nepali from Mechinagar Ward No. 10

२५ साउन, काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टीको नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गर्दै ३५ सदस्यीय समितिको अभिलेखीकरण गरेको छ ।

आयोगमा जसपाको आधिकारिकता पाएको उपेन्द्र यादव अध्यक्षताको बैठकले गरेको निर्णयको माइन्युट बमोजिम कार्यकारिणी समितिको अभिलेखीकरण गरिएको आयोगका सचिव सुरेश अधिकारीले  जानकारी दिए ।

अब जसपाको अध्यक्षबाट महन्थ ठाकुर कानूनी रुपमा हटेका छन् । ठाकुर पक्षका १६ जनाबाहेकको केन्द्रीय कार्यकारिणी समिति आयोगको अभिलेखमा कायम भएपछि ठाकुर, राजेन्द्र महतो, सरतसिंह भण्डारी लगायतको हैसियत साधारण सदस्यमात्र भएको छ ।

गत वर्ष वैशाखमा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी विभाजन हुन लागेपछि रातारात तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण गरेर महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको कार्यकारिणी समिति निर्वाचन आयोगमा दर्ता भएको थियो । यसबीचमा विवाद बढेर जसपाको आधिकारिकता यादवले पाएका थिए ।

५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले यादव पक्षमा उभिएका थिए भने १६जना ठाकुर पक्षमा । दुवैतिर नलागेका रेशम चौधरीलाई भने उपेन्द्र पक्षले कार्यकारिणी समितिमा स्थान दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.